ब्रेकिंग न्युज

प्रदेश–५ का प्रहरी कर्मचारीलाई आचारसंहिताबारे प्रशिक्षण



बुटवल १६ असोज ।  प्रदेश–५ प्रहरी कार्यालय मातहतका ८ हजार ९ सय २४ जना प्रहरी कर्मचारीलाई आचारसंहिताबारे प्रशिक्षण दिइएको छ ।प्रहरी प्रधान कार्यालयले लागू गरेको नयाँ आचारसंहिता बारे मातहतका १२ वटा जिल्ला, तालिम केन्द्र, प्रदेश ट्राफिक प्रहरी कार्यालय र चौकीसम्म प्रशिक्षण दिइएको हो ।प्रदेश–५ प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) राजकुमार बैदवारले सेवाग्राहिलाई गर्नुपर्ने ब्यवहार, नैतिकता र अनुशासन बारे प्रशिक्षण दिइएको बताए ।  बैदवारले भने–‘सो प्रशिक्षणपछि प्रहरी कर्मचारीको ब्यवहारमा थप परिपक्वता आउने विश्वास लिएका छौं ।’

          प्रहरी महानिरिक्षक शैलेश थापा क्षेत्रीले आचारसंहिता सम्बन्धी कार्यादेश–०७७ जारी गरेका थिए । आचारसंहितामा सरुवा, बढुवामा शक्तिकेन्द्रबाट दवान दिन नपाउने कुरा उल्लेख छ । त्यस्तै, नेता र मन्त्रि भेट्न पनि प्रहरी महानिरिक्षकको सचिवालयबाट अनुमती लिनुपर्छ । दुतावासका कर्मचारी र एनजिओका अधिकारीलाई भेट्न पनि निषेध गरिएको छ ।सेवाग्राहिको गुनासो व्यवस्थापन, अपराध अनुसन्धान र सामाजिक संजालको प्रयोगबारे कर्मचारीलाई प्रशिक्षित गरिएको प्रहरी बरिष्ठ उपरिक्षक बैदवारले बताए । प्रहरी कर्मचारीलाई समाजिक संजालको प्रयोगमा पनि कडाई गरिएको छ 

प्रकाशित : १६ आश्विन २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६