ब्रेकिंग न्युज

कोरोनासंग पैठेजोरी खेल्दै शान्ति सेनाको टोली दक्षिण सुडान प्रस्थान



काठमाडौं १९ असोज । विश्वव्यापी कोरोना कहरकैबीच ७८ जना नेपाली शान्ति सैनिकको टोली शान्ति स्थापनार्थ दक्षिण सुडान प्रस्थान गरेको छ ।नियमित प्रक्रिया अनुसार आज बिहान नेपाली शान्ति सैनिकको पहिलो डफ्फा मिसन सुडान प्रस्थान गरेको नेपाली सेनाले जनाएको छ । सेनाले दक्षिण सुडानको शान्ति मिसनमा तैनाथ नेपाली सेनाको टोली अदल बदल भएको जानकारी दिएको छ ।दक्षिण सुडानबाट फर्कने शान्ति सैनिकहरु यही असोज २० गते नेपाल आइपुग्ने नेपाली सेनाले जनाएको छ ।

    कोभिड- १९ महामारीका दौरान पनि शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीति अनुरुप गरिएको यो अदली बदलीमा सम्पूर्ण सुरक्षा सतर्कता तथा प्रोटोकलहरूको पालना गरिएको नेपाली सेनाले जनाएको छ । शान्ति मिसनमा पठाउने टोलीलाई नेपाली सेनाले केही दिन अगाडिदेखि नै क्वारेन्टिनमा राख्दै आएको थियो ।

प्रकाशित : १९ आश्विन २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६