ब्रेकिंग न्युज

देउखुरीलाई प्रशासनिक,लुम्बिनी क्षेत्रलाई आर्थिक र पर्यटकीय राजधानी बनाउने निर्णय



बुटवल १९ भदौँ । नेकपा प्रदेश ५ संसदीय दलको बैठक सम्पन्न भएको छ । बैठकले  सरकारले ल्याएको राजधानी र नामसम्बन्धि प्रस्ताव पास गराउनका लागि सांसदहरुलाई निर्देशन दिएको छ।मुख्यमन्त्री शंकर पोखरेलले पार्टीको प्रदेश ५ इन्चार्जको हैसियतले सांसदहरुलाई सरकारले ल्याएको प्रस्ताव पास गराउनका लागि लाग्न निर्देशन दिएको नेकपा मुख्य सचेतक भूमिश्वर ढकालले जानकारी दिए। बैठकले दाङ देउखुरीलाई प्रशासनिक राजधानी बनाउने र लुम्बिनी क्षेत्रलाई आर्थिक र पर्यटकीय राजधानी बनाउने निर्णय गरेको छ । प्रदेश सरकारले त्यसै अनुरुप कार्यक्रम ल्याउने निर्णय पनि गरेको छ।नेकपा दलको बैठक सकिएपछि अबको केहीबेर प्रदेश सभा बैठक शुरु हुनेछ। 

प्रकाशित : १९ आश्विन २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६