बुटवल १९ असोज । स्थगित प्रदेश ५ सभा बैठक अझै सुरु हुन सकेको छैन। प्रतिपक्षी कांग्रेसले नाराबाजी गरेपछि दिउँसो २ बजेसम्मका लागि बैठक स्थगित गरिएको थियो । मुख्यमन्त्री शंकर पोखरेलले जनता समाजवादीका दलका नेतासँग छुट्टाछुट्टै छलफल गरेपनि अहिलेसम्म कुनै निष्कर्ष निस्किएको छैन।कांग्रेसले आफूहरुको अडान कायमै रहेकाले सहमति जुट्न नसकेको हो ।
मुख्यमन्त्रीले बैठक अवरोध नगर्न आग्रह गरेको र छलफल बिना निष्कर्ष टुंगिएको हो।प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सांसदहरुको नाराबाजीपछि बैठक २ बजेसम्मका लागि स्थगित भएको थियो।कांग्रेस संसदीय दलका नेता बीरेन्द्रकुमार कनौडियाले बैठकको सुरुमै धारणा राख्दै सरकारले निरंकुश शैलीमा राजधानी सार्ने प्रस्ताव ल्याएको भन्दै प्रस्ताव फिर्ता गरेर सहमतिको बाटोमा प्रस्ताव ल्याउन आग्रह गर्नु भएको थियो ।
प्रतिक्रिया