काठमाडौं २० असोज।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलकी सचेतक शान्ता चौधरीलाई कोरोना भाइरस कोभिड१९ पोजिटिभ देखिएको छ । सोमबार पीसीआर परीक्षण गर्दा उनमा कोरोना पोजिटिभ देखिएको हो ।स्वास्थ्यमा जटिल समस्या नदेखिए पनि हल्का ज्वरो र रुघाखोकी लागिरहेको चौधरीले बताइन् ।कोरोना पुष्टि भएपछि उनी अहिले होम आइसोलेसनमा बसिरहेकी छन् ।
२० आश्विन २०७७, मंगलबार
प्रतिक्रिया