स्वास्थ्य

कोरोना विशेष अस्पताल बुटवलमा २ संक्रमितको मृत्यु



बुटवल २१ असोज । बुटवलको कोरोना विशेष अस्पतालमा कोभिड–१९ संक्रमणबाट थप २ जनाको भएको छ । मृत्यु हुनेमा नवलपरासीको सुनवल नगरपालिका–५ का ७६ वर्षीय पुरुष र बुटवल उपमहानगरपालिका–९ का ५५ वर्षीया महिला रहेको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिएका छन् ‌।नवलपरासीका पुरुष गत शुक्रबार पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि त्यहि दिन अस्पतालमा भर्ना भएका थिए । दम र उच्च रक्तचापका बिरामी समेत रहेका उनको गएराती १२ बजेर ५० मिनेट जाँदा मृत्यु भएको हो ।

       त्यस्तै, बुटवल–९ की ५५ वर्षीया महिला गत शनिबार पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि सोही दिन अस्पताल भर्ना भएकी थिइन । उनको बुधबार बिहान साढे ५ बजे मृत्यु भएको डा।गौतमले बताए ।सुख्खा खोकी र उच्च ज्वरो आएको भएपनि ती महिलामा अरु कुनैपनि दीर्घरोग देखिएको थिएन । हालसम्म रुपन्देहीमा कोभिड–१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ । बुटवल कोरोना विशेष ९अस्थायी० अस्पतालमा २६ जना र लुम्बिनी प्रादेशिक अस्पतालमा ५ जनाको मृत्यु भएको हो ।

प्रकाशित : २१ आश्विन २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६