ब्रेकिंग न्युज

प्रधानमन्त्री ओली र प्रचण्ड बीच बालुवाटारमा छलफल जारी



 काठमाडौं २२ असोज। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच बालुवाटारमा छलफल जारी छ । प्रधानमन्त्री ओलीलाई भेट्न प्रचण्ड बालुवाटार पुगेका हुन् ।असोज २० मा सचिवालय बैठक बसेपछि दुई अध्यक्ष बीच भेट भएको थिएन । तर, बुधबार बिहान सवा ११ बजेदेखि दुई अध्यक्ष बीच वार्ता जारी छ । वार्तामा मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक तथा राजनैतिक नियुक्ति, पार्टी एकताका बाँकी काम टुंग्याउने लगायत विषयमा छलफल भइरहेको छ ।गएको असोज ४ को सचिवालय बैठकले एकताको बाँकी काम टुंग्याउने मस्यौदा तयार पार्न र मन्त्रिपरिषद् पुनर्गठनको जिम्मा दुई अध्यक्षलाई दिएको छ । तर, सहमति जुट्न नसक्दा कुनै पनि काम हुन सकेको छैन ।

प्रकाशित : २२ आश्विन २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६