सूचना र प्रविधि

लोकसेवा आयोगले सहसचिव र उपसचिव पदमा विज्ञापन खुलाउने



काठमाडौं, २३ असोज । लोकसेवा आयोगले यही असोजको अन्तिम बुधबार करिब ५ सय संख्यामा सहसचिव र उपसचिव पदमा विज्ञापन खुलाउने भएको छ । आयोगका अनुसार बढुवा, समावेशी, खुला तथा आन्तरिक गरी करिब ५ सय पदमा विज्ञापन खुलाउन तयारी भएको हो ।आयोगका प्रवक्ता देवीप्रसाद सुवेदीले असोजको अन्तिम बुधबार सहसचिव र उपसचिव पदमा विज्ञापन खुलाउने निणर्य आयोगको बोर्डबाट भएको बताउँदै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, स्वास्थ्य मन्त्रालय तथा संसद् सचिवालयबाट सहसचिव र उपसचिव पद रिक्त संख्या प्राप्त भएको बताए ।

       आयोगले हरेक वर्ष असोज अन्तिम बुधबारदेखि विज्ञापन खुलाउन सुरु गर्छ। यो क्रम चैतको अन्तिम बुधबारसम्म रहन्छ । जसअनुसार आयोगले असोजको अन्तिम बुधबार सहसचिव, उपसचिव पदमा तथा कात्तिक महिनाको अन्तिम बुधबार प्राविधिक पदमा विज्ञापन आह्वान गर्ने गरेको छ ।यसैगरी मंसिरको अन्तिम बुधबार शाखा अधिकृत पदमा विज्ञापन आह्वान गर्ने गरेको छ । असोज पहिलो साता बसेको मन्त्रिपरिषद् बैठकले आयोगलाई विज्ञापन खुलाउन आग्रह गर्ने निणर्य गरेको थियो ।आयोगले यस वर्ष ३ देखि ४ हजार पदमा संघका लागि विज्ञापन खुलाउँदै छ । आयोगले विज्ञापन खुलाउनुअघि संघीय मामिला मन्त्रालयले रिक्त पदको विवरण पठाउने गर्छ । नागरिक दैनिकबाट

प्रकाशित : २३ आश्विन २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६