जीवनशैली

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले सार्वजनिक गर्यो विजयादशमीको टीकाको साइत



काठमाडौं २३ असोज । यस वर्ष विश्वका विभिन्‍न देशका सहरमा विजयादशमीको टीकाको साइत अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले सार्वजनिक गरेको छ । समितिको बैठकले नेपालको काठमाडौंका लागि कात्तिक १० गते (अक्टोबर २६) बिहान १०:१९ बजेको साइत उत्तम रहेको जनाएको छ ।यसैगरी भारतको दिल्लीमा बिहान १०: ३५, अमेरिकाका न्युयोर्कमा अक्टोबर २५ (कात्तिक ९ गते) बिहान ११:०५, केन्टुकीमा बिहान ११:०७, टेक्सासमा बिहान ११:५७ र क्यालिफोर्नियामा ११:४५ बजेको साइत दिइएको समितिका अध्यक्ष प्रा.डा. माधव भट्टराईले बताए ।

        यसैगरी बेलायतको लण्डनका लागि बिहान ११:३९, क्यानडाको टोरन्टोका लागि बिहान ११:४३, पोर्चुगलको लिस्बनका लागि बिहान ११:३७ र फ्रान्सको पेरिसका लागि बिहान ११:४१ बजे विजयादशमीको टीका लगाउनु शुभ रहेको समितिले जनाएको छ । यी सहरमा पनि अक्टोबर २५ तारिखका दिन विजयादशमी पर्व मनाइन्छ ।जापानको टोकियोमा अक्टोबर २६ तारिखका दिन बिहान ११:३५, अष्ट्रेलियाको सिड्नीमा बिहान ०९:४३, अष्ट्रेलियाकै मेलबर्न शहरमा बिहान ९:५३ बजे, अष्ट्रेलियाकै ब्रिसबेनमा बिहान ९:५१, मलेसियाको क्वालालम्पुरमा बिहान १०:३५, संयुक्त अरब इमिरेट्सको अबुधाबीमा बिहान १०:४३, कतारको दोहामा बिहान १०:२१, थाइल्याण्डको बैंककमा बिहान १०:३३, दक्षिण कोरियाको सोलमा बिहान १०:२७, इजरायलको तेल अभिभमा बिहान १०:३७, सिंगापुरमा बिहान १०:४१, हङकङमा बिहान १०:४९, साउदी अरबमा बिहान १०:२५, न्युजिल्याण्डको वेलिङ्टनमा बिहान १०स्१५ बजेको समयमा दसैंको टीका लगाउन उत्तम हुने जनाइएको छ ।

 यी सहरमा पनि अक्टोबर २६ तारिखकै दिन विजयादशमी मनाउनुपर्ने समितिले जनाएको छ ।विभिन्‍न देशमा फैलिएका नेपाली एवं वैदिक सनातन धर्मावलम्बीले दसैंको टीका लगाउन शुभसाइत माग्‍न थालेपछि समितिले ती देशका स्थानीय समयानुसार शुभ हुने बेलामा साइत दिइएको जनाएको छ । विश्व ज्योति महासंघले समिति गठन गरेको हो । नेपाल पञ्चाङ् निर्णायक समितिले यसअघि नै नेपालका लागि दशैँका विभिन्न साइत सार्वजनिक गरिसकेको छ । रासस

प्रकाशित : २३ आश्विन २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६