स्वास्थ्य

सरकारसँग ८ बुँदे सहमति भएसँगै डाक्टर केसीको अनशन तोडियो



काठमाण्डौ २५ असोज । डाक्टर गोविन्द केसीले अनशन तोड्नु भएको छ । सरकारसँग ८ बुँदे सहमति भएसँगै डाक्टर केसीले अनशन तोड्नु भएको हो ।  चिकित्सा शिक्षा सुधारलगायत ६ बुँदे माग राखेर भदौ २९ गतेदेखि अनशन बस्नुभएका डाक्टर केसीसँग सरकारले मध्यरातमा ८ बुँदे सहमति गरेसँगै उहाँले अनशन तोड्नुभएको हो । उहाँले भर्खरै कोरोना जितेका शिक्षण अस्पतालका कर्मचारी विकास नेपालीको हातबाट जुस पिएर १९ औं अनशन तोड्नुभएको हो । अनशन तोडे लगत्तै डाक्टर केसीलाई अस्पतालको आईसीयूमा भर्ना गरेर उपचार थालिएको छ ।

 गएराति कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा आवश्यक सम्पूर्ण भौतिक पूर्वाधार एवं जनशक्तिको व्यवस्था गरी आउँदो शैक्षिक सत्रदेखि एमबीबीएस लगायतका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने, सुदूरपश्चिमको गेटा मेडिकल कलेज सञ्चालनका लागि आउँदो संसद् अधिवेशनबाट एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठानसम्बन्धी विधेयक पास गर्ने, भौतिक पूर्वाधार तयार गरी २०८० फागुन १० भित्रै एमबीबीएस लगायतका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने लगायत ८ बुँदामा सहमति भएपछि उहाँको २८ दिन लामो अनशन तोड्नुभएको हो ।

        यसैबीच सरकार र डाक्टर गोविन्द केसीबिच सहमति भएसँगै आवासीय चिकित्सकले आजदेखि थाल्ने भनिएको आन्दोलन फिर्ताको घोषणा गरेको छ । हिजो अबेरसम्म पनि डाक्टर केसीको मागमा सरकार गम्भीर नभएको भन्दै आजदेखि आकस्मिक र कोभिड-१९ बाहेकका सबै सेवा बहिष्कार गर्ने निर्णय गरेका चिकित्सकले आन्दोलन फिर्ताको घोषणा गरेको हो ।

प्रकाशित : २५ आश्विन २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६