स्वास्थ्य

कोरोनाका कारण बुटवलमा ३ जनाको मृत्यु ,



बुटवल २५ असोज ।कोरोनाका कारण बुटवलमा ३ जनाको मृत्यु भएको छ । उपचारका क्रममा अस्पतालको सम्पर्कमा आएका ३ जनाको ज्यान गएको हो  ।मृत्यु हुनेमा  बुटवल ११ का ८४ वर्षीय पुरुष ,७० बर्षीय पुरुष र ६१ वर्षीया महिला रहेका छन् । संक्रमित मध्ये  ८४ वर्षीय पुरुषको रुपन्देहीमा कुनै पनि अस्पतालमा आईसीयू बेड खालि नभएका कारण दाङ लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो । शनिबार स्वास्थ्यमा समस्या देखिएर लुम्बिनी प्रादेशिक अस्पताल पुगेका उनको शनिबार नै कोरोना पुष्टि भएको हो  ।बिरामीको अवस्था जटिल रहेकाले लुम्बिनी अस्पतालले आईसीयू अनिवार्य भएपछि दाङ रेफर गरेकोमा धानखोला पुग्दा उनको मृत्यु भएको थियो ।

        त्यसैगरी गत असोज २२ कोरोना पुष्टि भएर २४ गते देखि कोरोना बिशेष अस्पतालमा भर्ना रहेका ७० बर्षीय पुरुषको पनी शनिबार राति  मृत्यु भएको हो । लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमका अनुसार  उनी गत २२ गते देखि कोरोना बिशेष अस्पतालमा उपचार गराईरहेका थिए ।बुटवलमा मध्यराति २ बजे बुटवल ११ की ६१ वर्षीया महिलाको पनि मृत्यु भएको छ । गत असोज २१ गते कोरोना पुष्टि भएर कोरोना बिशेष अस्पतालमा भर्ना भएकी ६१ वर्षीया महिलाको मध्यराति २ बजे मृत्यु भएको डा. गौतमले बताए ।गएराति भएको मृत्युसँगै रुपन्देहीमा मृत्यु हुनेको संख्या ३७ पुगेको छ ।

प्रकाशित : २५ आश्विन २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६