ब्रेकिंग न्युज

बसपार्क होटलमा छापा, नक्कली मह बनाउने गिरोहलाई समात्तिए



काठमाडौं २६ असोज । काठमाडौं महानगरपालिका र महानगरीय प्रहरी प्रभाग गोंगबुले नयाँ बसपार्कस्थित एक होटलमा छापा मारी नक्कली मह बनाउने गिरोहलाई समातेको छ।सोमबार बिहान महानगरपालिको बजार अनुगमन टोलीले बसपार्कस्थित होटल रेड डाइमण्ड पर्वतको तीनवटा कोठामा चिनी पानी पकाएको खुदोलाई मह भनी राखिएको अवस्थामा भेटाएको हो। महानगरपालिकाका अनुसन्धान अधिकृत र प्रहरीले होटल मालिकलाई सोधपुछ गरिरहेका छन् भने १२ जनालाई नियन्त्रणमा लिएको छ।अनुगमन टोलीमा रहेका उपभोक्ता अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाका अनुसार चिनी पानी (खुदो) लाई मह भनी बिक्री वितरण गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। अहिले अनुसन्धान चलिरहेकाले विस्तृत विवरण भने आउन बाँकी रहेको तिमल्सिनाले बताए।

प्रकाशित : २६ आश्विन २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६