काठमाडौं, २७ असोज । सरकारले अन्तर्राष्ट्रिय सीमा कात्तिक मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा कोरोना भाइरस संक्रमितको संख्या दिनहुँ ठूलो संख्यामा बढ्न थालेपछि यस्तो निर्णय गरेको सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी गराएका छन् ।सरकारले गत वर्ष ११ चैतदेखि अन्तर्राष्ट्रिय नाका बन्द गरिरहको छ । यात्रुको ओहोरदोहोर रोकिए पनि ढुवानीमा भने रोक लगाएको छैन ।सरकारले लकडाउन र निषेधाज्ञा खुला गरेपछि सुरक्षाकर्मीको कम निगरानी हुन थालेपछि अहिले पनि भारतका विभिन्न स्थानबाट नेपाल भित्रिनेको संख्या रोकिएको छैन ।नेपाल–भारत आउजाउले कोरोना संक्रमण फैलाउने बढी सम्भावना रहेको ठहर गर्दै सरकारले अन्तर्राष्ट्रिय सीमा नाका कार्तिक मसान्तसम्म बन्द गर्ने निर्णय लिएको हो ।
२७ आश्विन २०७७, मंगलबार
प्रतिक्रिया