ब्रेकिंग न्युज

लुम्बिनी प्रदेशका लेखा समितिमा सभापति चौधरीलाई कोरोना संक्रमण् पुष्टि



बुटवल २७ असोज ।  लुम्बिनी प्रदेशका लेखा समितिमा सभापति डिल्लीबहादुर चौधरीलाई कोरोना संक्रमण् पुष्टि भएको छ।स्वास्थ्यमा समस्या समस्या आएपछि बाँकेस्थित भेरी अस्पतालमा भर्ना भएका प्रदेश सांसद चौधरीलाई त्यहीँ गरिएको पिसिआर परीक्षणका क्रममा  सोमबार राति संक्रमण पुष्टि भएको हो। आइसियूमा भर्ना भएका चौधरीको स्वास्थ्यमा मंगलबार क्रमिक सुधार आएको अस्पताल प्रशासनले जानकारी दिएको छ। स्वास्थ्यमा एकाएक समस्या उत्पन्न भएपछि उनी दुई दिनअघि भेरी अस्पतालमा भर्ना भएका थिए।

          त्यसअघि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर परीक्षणका क्रममा उनको रिपोर्ट नेगेटिभ आएको थियो। चौधरीका चालक र सुरक्षाकर्मीलाई भने कोरोना संक्रमण पुष्टि भएको थियो। यसअघि लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती, काननुमन्त्री कुलबहादुर केसी लगायतलाई संक्रमण पुष्टि भइसकेको छ।हाल उनीहरू होम आइसोलेनमा बसेका छन् ।

प्रकाशित : २७ आश्विन २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६