एजेन्सी २७ असोज । बंगलादेशले बलात्कारीलाई मृत्युदण्ड दिने विधेयक पारित गरेको छ। बलात्कारीलाई मृत्युदण्ड दिने आन्दोलन चर्किएसँगै सरकारले मृतयुदण्ड दिन सकिने गरी कानुन संशोधन गरेको हो।सोमबार बसेको बंगलादेशको मन्त्रिपरिषद बैठकले उक्त विधेयक पारित गरेको हो। इस्लामका अनुसार कोरोना भाइरस महामारीको कारण भर्चुअलरुपमा सम्पन्न भएको बैठकमा महिला तथा बालबालिका शोषण रोकथाम विधेयक पारित भएको छ।
२७ आश्विन २०७७, मंगलबार
प्रतिक्रिया