स्वास्थ्य

भरतपुर र बुटवलमा थप एक एकजना कोरोना संक्रमितको मृत्यु



काठमाडौं २७ असोज । बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचारको क्रममा एकजना कोराना संक्रमितको मृत्यु भएको छ ।अस्पतालका अनुसार बुटवल उपमहानगरपालिका–३ का ७२ वर्षीय पुरुषको उपचारको क्रममा मंगलबार बिहान ९ः४५ बजे मृत्यु भएको हो ।ज्वरो आउनुका साथै श्वासप्रश्वासमा समस्या भएपछि उनी असोज २ गते अस्पतालमा भर्ना भएका थिए । सोही दिन कोरोना संक्रमण पुष्टि भएका उनलाई सघन कक्षमा राखेर उपचार थालिएको थियो ।अस्पतालका अनुसार उनी उच्च रक्तचाप, मधुमेह र मुटुका रोगी समेत थिए ।यस्तै भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचाररत एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।अस्पतालका अनुसार भरतपुर महानगरपालिका–१० का ७८ वर्षीय पुरुषको उपचारका क्रममा सोमबार रातिे मृत्यु भएको हो ।

प्रकाशित : २७ आश्विन २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६