स्वास्थ्य

अर्घाखाँचीमा १८ जना स्वास्थ्यकर्मी सहित नेकपा र नेपाली कांग्रेस नेताहरूमा कोरोना संक्रमण



असोज २७ अर्घाखाँची ।अर्घाखाँचीका विभिन्न अस्पतालमा कार्यारत १८ जना स्वास्थ्यकर्मीसहित स्थानिय नेपाली कांग्रेसका नेताहरुमा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्लामा भएको बिपत व्यवस्थापनमा खटिएका स्थानिय नेता कार्यकर्ता र कर्मचारीमा कोरोना सक्रमण भएको हो । शितगंगा नगरपालिकामा असोज ९ गते गएको पहिरोमा राहत तथा पुनःस्थापनामा खटिएकाहरुमा कोरोना संक्रमण देखिएको नेपाली कांग्रेसका जिल्ला सभापति बिष्णुप्रसाद खनाल मुस्कानले जानकारी दिए। जिल्लाका विभिन्न पालीकाका वडा अध्यक्षहरू, स्थानिय व्यापारीहरूमा पनि कोरोना देखिएको छ ।अर्घाखाँचीमा समुदायस्तरमा बढी घुलमेल गर्नेहरु नै कोरोना संक्रमित भएका छन्। जिल्लामा कुल संक्रमित ५ सय ९ मध्ये हालसम्म कोरोना निको भएर डिस्चार्ज हुनेको संख्या ४ सय ९ रहेको छ। मंगलबार बिहान सम्म सक्रिय संक्रमितको संख्या जिल्लामा एक सय जना रहेका छन् । कोरोनाका कारण जिल्लाका ५ जनाको मृत्यु भएको छ।

प्रकाशित : २७ आश्विन २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६