ब्रेकिंग न्युज

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीविरुद्ध परेको अविश्वासको प्रस्तावबारे ओली-प्रचण्डबिच छलफल



काठमाण्डौ २७ असोज । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध परेको अविश्वासको प्रस्तावबारे  बालुवाटारमा छलफल चलिरहेको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल चलेको प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिनुभयो ।अविश्वासको प्रस्ताव फिर्ता गर्न भन्दै अध्यक्ष प्रचण्ड सोमबारदेखि नै नेताहरुसँगको छलफलमा व्यस्त हुनुभएको छ । प्रधानमन्त्री ओलीसँग छलफल गरेर जतिसक्दो छिटो प्रस्ताव फिर्ता गर्न निर्देशन दिन लागिएको नेकपा स्रोतले जनाएको छ ।पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्ना समूहका नेतालाई प्रस्ताव फिर्ता गर्न निर्देशन दिइसकेको र अध्यक्ष प्रचण्डले पनि पूर्वमाओवादीका नेताहरुलाई त्यसैअनुसारको आग्रह गरिसक्नु भएकोले अविश्वासको प्रस्ताव फिर्ता हुने सम्भावना बढेको नेकपा कर्णाली प्रदेशका नेताहरुले बताएका छन् । 

प्रकाशित : २७ आश्विन २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६