कपिलवस्तु २८ असोज । अस्पतालमा आएका एक जना विरामी कोरोना देखिएपछि पिपरा अस्पतालमा सेवा बन्द गरिएको छ । कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर २ मा रहेको अस्पतालमा उपचारका लागी आएका वाणगंगा २ बैजलपुर निवासी ५५ वर्षिय महिलामा पोजेटिभ देखिएको हो । अस्पताल ब्यवस्थापन समितीको आकष्मिक बैठक बसेर अर्को सुचना जारी नहुदा सम्म अस्पतालका सेवा बन्द गरेको वडा नम्बर २ अध्यक्ष विष्णु पौडेलले जानकारी दिनुभयो । ३ दिन देखि अस्पतालमा रहेकी महिलाको थप उपचारका लागी बुटवल पठाईएको थियो । बुटवलमा गरिएको परिक्षणमा उनलाई कोरोना संक्रमण देखिएको हो । कार्तिक १ गते अस्पतालमा कार्यरत सबै कर्मचारीको पीसिआर परिक्षण गरिने बताईएको छ ।
२७ आश्विन २०७७, मंगलबार
प्रतिक्रिया