ब्रेकिंग न्युज

हप्ता २ बलात्कृत @ कपिलवस्तु ।



कपिलवस्तु २७ असोज  कोरोनाको कारण
लकडाउन भएसँगै कपिलवस्तुमा बलात्कारको घटनामा वृद्धि भएको छ । कपिलवस्तु
जिल्ला अदालतमा दर्ता भएका मुद्दा अनुसार बलात्कारका घटना वृद्धि भएको छ ।
अदालतमा दर्ता भएका करणीका मुद्दाका तथ्याङ्कले कपिलवस्तुमा एक हप्ता २
जबरजस्ती करणी भएको देखिन्छ । तर गत वर्ष दुई हप्तामा ३ मुद्दा दर्ता भएको
थियो । चालु आवमा असोज २३ गते सम्म २२ मुद्दा दर्ता भएको छ । जस मध्ये १२
जबरजस्ती करणी र १० जना जबरजस्ती करणीको उद्योग अन्तर्गत रहेको जिल्ला
अदालतका श्रेस्तेदार हिरण्य प्रसाद भण्डारीले बताउनु भयो । 

    प्रहरीको
सक्रियताका कारण यौन अपराधका घटना बाहिर आएको छ । गाउँघरमा आपराधिक घटना
मिलाउने प्रचलन घटेको हुँदा घटनाको सङ्ख्यामा समेत वृद्धि भएको जिल्ला
प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले
बताउनु भयो । कपिलवस्तुमा गत आ.व.मा ७६ करणीका मुद्दा जिल्ला अदालतमा दर्ता
भएका थिए । ती मध्ये आधा भन्दा बढी (४२ मुद्दा) फर्छ्यौट हुन बाँकी रहेका
छन् । ती मध्ये जबरजस्ती करणी ५५, जबरजस्ती करणी उद्योग १८, वाल यौन
दुरुपयोग २, र अप्राकृतिक मैथुन १ रहेका छन् । 

    ‘लकडाउनका कारण मानिसहरू
घर मै बस्नु पर्ने बाध्यता थियो । खाली बस्नु पर्दा मानिसहरूमा नकारात्मक
व्यवहार सिर्जना हुन्छ । बलात्कारका घटना बढ्नुमा मानसिक तनाव भूमिका समेत
ठुलो रहेको छ । तनावका कारण आपराधिक घटना, हिंसा र मनोविकृति समेत बढेको छ ।
जसले यौन जन्य हिंसा बढेको मनोसामाजिक परामर्शदाता प्रकाश घिमिरेले बताउनु
भयो । बलात्कारको घटना बढ्दो देखिए पनि स्थानीय सरकारले घटना न्यूनीकरणका
लागी प्राथमिकता दिएको छैन ।  

प्रकाशित : २७ आश्विन २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६