जीवनशैली

वहुविवाह मुद्धामा फरार प्रतिवादी १० बर्षपछि पक्राउ



कपिलवस्तु २८ असोज । बहुविवाह मुद्धामा अदालतवाट कैद फैसलापछि फरार रहेका एक प्रतिवादी १० वर्षपछि पक्राउ परेका छन् । कपिलवस्तु प्रहरीले अदालतका फैसला कार्यान्वयन गराउने अभियानमा ती प्रतिवादी पक्राउ परेका हुन् । पक्राउ पर्नेमा बिजयनगर गाउपालिका वडा नं ३ बस्ने मोहम्मद हलिम मिया हलुवाई रहेका छन् । 

   उनी प्यूठान जिल्लाको साविक हंसपुर हालको सरुमारानी गाउपालिका वडा नं ३ बडडाडामा बस्दै आएका थिए । कपिलवस्तु प्रहरीले फरार प्रतिवादी रहको स्थान सहित प्यूठान प्रहरीलाई पक्राउ गर्न गरेको अनुरोध पछि उनी पक्राउ परेका हुन् । कपिलवस्तुका प्रहरी उपरिक्षक नवराज अधिकारीका अनुसार अदालतमा पेश गरिएकोमा अदालतले कैद भुक्तानकालागि कारागार चलान गरेको छ । 

   उनलाई कपिलवस्तु अदालतले २०६७मा वहुविवाह ठहरगर्दै १ वर्ष कैद र ५ हजार जरिवाना तोकेको थियो । फैसला पछि उनी फरार थिए । समसुरन मियाको जाहेरीले कपिलवस्तुको साविक पत्थरदेहिया गा.वि.स. वडा नं. १ हाल बिजयनगर गा.पा.वार्ड नं.३ वस्ने  मोहमद हलिम मिया हलुवाई भन्ने मोहमद हलिमलाई १ वर्ष कैद फैसला भएको थियो । 

प्रकाशित : २८ आश्विन २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६