काठमाण्डौ २८ असोज । नेपाल, संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद् सदस्यमा पुनः निर्वाचित भएको छ ।राष्ट्र संघको मुख्यालयमा राति भएको चुनावमा नेपाल, परिषद् सदस्यमा तीन वर्षको लागि पुनः निर्वाचित भएको हो । संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी मिसनले विज्ञप्ति निकालेर नेपाल परिषद् सदस्यमा पुनः निर्वाचित भएको जानकारी दिएको छ ।गोप्य मतदानबाट नेपालसहित एसिया पेसिफिक क्षेत्रबाट चीन, पाकिस्तान र उज्वेकिस्तान परिषद् सदस्यमा निर्वाचित भएका छन् ।
२८ आश्विन २०७७, बुधबार
प्रतिक्रिया