ब्रेकिंग न्युज

१३ जना यातायात मजदुर कोरोना सङ्क्रमित



काठमाण्डौ २८ असोज ।  अहिलेसम्म १३ जना यातायात मजदुर कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । जसमध्ये एक जनाको ज्यान गएको छ भने तीन जना आइसोलेशनमा छन् । यस्तै नौ जना कोरोनामुक्त भइसकेका नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका अध्यक्ष भीमज्वाला राईले जानकारी दिनुभयो ।उहाँले सङ्गठनमा आबद्ध मजदुरहरुले सावधानी अपनाएरै काम गरिरहेकाले जोखिमको क्षेत्र भए पनि सङ्क्रमण कम फैलिएको बताउनुभयो ।

    सार्वजनिक गाडीमा सुरक्षा सावधानी छैन भन्ने गुनासो आइरहेकाले लामो, मध्यम तथा छोटो दुरीको गाडी सञ्चालनका क्रममा सरकारले तोकेको स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न सङ्गठनका सदस्यहरुलाई अध्यक्ष राईले आग्रह पनि गर्नुभएको छ ।यसैबीच लकडाउन र निषेधाज्ञापछि गाडी चल्न थालेको सुरुका केही दिनमा मजदुरका लागि यातायात व्यवसायी अर्थात् कम्पनीले स्वास्थ्य सामग्रीहरु उपलब्ध गराएका थिए ।

         तर पछिल्लो समय पन्जा, मास्क, स्यानिटाइजर लगायतका सामग्री यातायात मजदुर आफैले जुटाइरहेको सङ्गठनले जनाएको छ ।यातायात मजदुरसँगै यात्रुले पनि गाडीमा बस्दा भौतिक दुरी कायम गर्ने, मास्क लगाउने, स्यानिटाइजर प्रयोग गर्ने लगायतका कुरामा ध्यान दिनुपर्ने सङ्गठनका अध्यक्ष राईले बताउनुभयो ।

      चक्रपथ र सहरी क्षेत्रभन्दा बाहिरका ठाँउमा, विशेषगरी ग्रामीण भेगमा सीमित स्रोत साधनका कारण तोकिएको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न र गराउन गाह्रो हुने उहाँको भनाइ छ । उहाँले कोरोना भाइरस सङ्क्रमणको जोखिम कम गर्न यातायात मजदुर, व्यवसायी र यात्रुको लागि सचेतनामूलक सन्देश प्रवाह गर्न केही सामग्री बनाउन सरकारलाई आग्रहसमेत गर्नुभएको छ   । 

प्रकाशित : २८ आश्विन २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६