ब्रेकिंग न्युज

३ मन्त्री थप हुदा प्रचण्ड मौन की असन्तुष्ट ?



काठमाडौं २८ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेकोमा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुनै औपचारीक प्रतिकृया जनाउनु भएको छैन । प्रधानमन्त्री ओलीले बुधबार रिक्त मन्त्रालय तीनजनालाई नियुक्त गर्दै दुई जनाको मन्त्रालय हेरफेर गर्नु भएको हो । 

    प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएपछि कतिपय संचार माध्यमले प्रचण्ड असन्तुष्ट भनेपनि उहाको औपचारीक प्रतिकृया आएको छैन । त्यसमा अध्यक्ष दाहालको मौनता रहेको छ । दाहाल पार्टी स्थायी कमिटीको निर्णयअनुसार सरकार प्रभावकारी रुपमा सञ्चालन गर्न अपवादबाहेक सबै मन्त्री फेर्नुपर्ने पक्षमा हुनुहुन्थ्यो। तर, प्रधानमन्त्रीले सिमित मन्त्रीलाई किस्ताबन्दीमा फेर्न लाग्नु भएको हो ।

    प्रधानमन्त्री ओली र अध्यक्ष दाहाल मन्त्रिपरिषद् पुनर्गठनबारे पटक पटक वार्तामा बसिरहेका थिए। तर, उनीहरुबीच कसरी गर्ने सहमति बन्‍न सकेको थिए। आज पनि प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच करिब अढाई घण्टा भेटवार्ता भएको थियो। कओलीले ३ मन्त्रीलाई नियुक्त गर्ने प्रचण्डलाई जानकारी दिनु भएको थियो । त्यतिबेला पनि प्रचण्डले प्रतिकृया दिनु भएको थिएन । 

प्रकाशित : २८ आश्विन २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६