अर्थ-वाणिज्य

श्रम शोषणको कारुणीक स्वर, सेविकाको पीडा सुनेर सहभागि स्तब्ध ,मेयर थारु भाबुक



कपिलवस्तु २९ असोज  ।एक महिनाको काम गरेर ७ सय ५०  तलव खान्छौं ,नगरले कुनै साइकल दिएको छैन पैदल हिडेर काममा जान्छौं ,रातदिन जतिबेला पनि हाम्रो खोजी हुन्छ ,जोखिममा छौं तर विमा छैन , स्वयम सेविका हौं तर नगरले परिचय पत्र दिएको छैन यो वाक्य सुन्दा बाणगंगा नगरको सभाहलमा बुधवार सहभागिहरु स्तब्ध भए कार्यक्रममा सहभागि मेयर भावुक बने । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कपिलवस्तु र मानवअधिकार समुह कपिलवस्तुले बुधबार वाणगंगा नगरपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार विषयक अन्तरकृया कार्यक्रममा यस्तो पीडादायि वास्तविकता सुनाउने स्वयम सेविका बाणगंगा ४ की सरिता पोखरेल हुन् ।


    सुशासनमा देशकै सर्वाेत्कृष्ट भएको बाणगंगा ,विश्वका उत्कृष्ट १०० आधुनिक ब्यवस्थापन भएका शहरका रुपमा सूचिकृत भएको भनेर बेलायतको एक सस्थाले घोषित गरेको बाणगंगा तर यहा कार्यरत स्वास्थ्य स्वयम सेविकाको पीडाले भने नगरलाई नै औलो ठड्याएकोछ । कपिलवस्तुका बुद्धभूमी सहितका कतिपय पालिकाले मासिक ३ हजार भत्ता ,साइकल र मोवाइल स्वयम सेविकालाई दिएका छन् । तर बाणगंगा भने अहिले सम्म स्वयम सेविकाका विषयमा श्रृजनात्मक काम गर्न पछि परेको पुष्टि भएको छ । यतिमात्र होइन शिक्षक महासंघ कपिलवस्तुका अध्यक्ष समेत रहनु भएका देवकला सुवेदीले आफू बाणगंगाको शिक्षा शाखाको पीडित भएको भन्दै कहानी सुनाउनु भयो । 


    वाणगंगामा न्यून विद्यार्थी रहेका विद्यालयलाई मर्जर गर्ने भनेर शुरुवात गरियो कम्तीमा ६ वटा विद्यालय मर्जरमा जानु पर्ने थियो तर शिक्षा शाखाले त्यो काम पुरा गर्न सकेन उहाको विद्यालयलाई पिपरामा लगेर मिलाइयो । प्रअ सुवेदीलाई शिक्षकमा झारियो अरु काम अलपत्र पारियो उहाले यस्तो गुनासो सुनाउनु भयो । यतिमात्र होइन   कार्यक्रममा सरकारले माध्यमिक शिक्षा सम्म निःशुल्क र आधारभुत शिक्षा अनिवार्य भनेपनि विद्यालयहरुले विभिन्न बहानामा शुल्क उठाउने गरेको सरोकारवालाहरुले गुनासो गरेका थिए  । यस्तै विद्यालयमा रहेका रिक्त दरबन्दी मिलानमा समस्या देखिएको बताएका थिए । 

    कार्यक्रमका सहभागि नगरप्रमुख मंगलप्रसाद थारुले सरोकारवालाहरुले उठाएका प्रश्नको जवाफ दिँदै विकास निर्माण जादूको छडी नभएकोले विस्तारै विस्तारै हुँदै जाने बताउनुभयो ।  यस्तै विद्यालयको अवस्था अनुसार बालबालिकाका अभिभावकसँग छलफल गरी शुल्क उठाइएको प्रष्ट पार्नुभयो । स्वयम सेविकाको हकमा उहाहरुको पीडा सुनेर म आफै भावुक वनेको छु आवश्यक निर्णय गरिन्छ मेयर थारुले आश्वासन दिनु भयो ।

यस्तै कार्यक्रममा नगर उपप्रमुख चक्रपाणी अर्यालले  सरोकारवाला निकायहरुले उठाएका सवालका जवाफ दीदै नगरलाई समृद्ध बनाउन कार्य गरिरहेको र यसले पूर्णता पाउनका लागि क्रियाशिल भइरहेको बताउनुभयो । यस्तै वडा नं १ का वडा अध्यक्ष बालकुमारी पन्त अधिकारीले नगरको विकासका लागि एक ढिक्का भएर लागि परेको बताउनुभयो । 

     शिक्षा शाखा प्रमुख बाबुराम भट्टराईले सिकाइ उपलब्धि बढाउने योजना अनुसार नगरपालिकाले विषेश योजना अघि सारेको बताउनुभयो । कृषि शाखा प्रमुख लेशबहादुर केसीले किसानहरुले लगानी गरेजति प्रतिफल प्राप्त गर्न नसकेकोले भण्डारण गरेर राख्नका लागि नगरले स्थान छनौट गरिसकेको जानकारी दिनु भयो  । कार्यक्रममा कपिलवस्तु उद्योग वाणिज्य सघंका अध्यक्ष उमानाथ पौडेल ,उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष भेषराज पाण्डे लगाएतले आफ्नो धारण राख्नुभएको थियो । कार्यक्रम मानवअधिकार समुहका अध्यक्ष इन्दिरा भट्टराईको अध्यक्षता, इन्सेक सहजकर्ता नन्दराम पौडेलको संचालनमा सम्पन्न भएको थियो । 

प्रकाशित : २९ आश्विन २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६