स्वास्थ्य

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप चार जना संक्रमितको मृत्यु



धरान २९ असोज । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप चार जना कोरोनाभाइरस संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा धरानका दुई जना, इटहरी र तेह्रथुमका एक–एक जना रहेका छन् ।सुनसरीको धरान–९ की ४४ वर्षीया महिलाको गत असोज २७ गते संक्रमण पुष्टि भएको थियो । उनमा कुनै दीर्घ रोग थाहा नभएको प्रतिष्ठानका सह–प्रवक्ता डा। आशिष श्रेष्ठले जानकारी दिएका छन् । त्यस्तै, धरान–९ कै ५८ वर्षीय पुरुषको पनि निधन भएको छ । उनमा गत असोज २५ गते संक्रमण पुष्टि भएको थियो ।यता, इटहरी–२० का ७५ वर्षीया महिलाको पनि आज बिहान निधन भएको छ । उनमा गत २६ गते संक्रमण पुष्टि भएको थियो । तेह्रथुकमकी ३१ वर्षीया महिलामा गत १० गते संक्रमण पुष्टि भएकोमा आज बिहान उपचारको क्रममा निधन भएको हो । उनलाई मिर्गौलाको समस्या थियो ।

प्रकाशित : २९ आश्विन २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६