सूचना र प्रविधि

आज पहाडी क्षेत्रको केही ठाउँमा हल्का पानी पर्ने संभावना छ:मौसमविद्



काठमाण्डौ २९ असोज । आज पहाडी क्षेत्रको एक\दुई ठाउँमा हल्का पानी पर्ने संभावना रहेको मौसमविद्ले बताएका छन् ।बंगालको खाडीमा बनेको न्यूनचापीय क्षेत्र अरब सागरतिर सर्ने क्रममा रहेकाले नेपालमा थोरै प्रभाव परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसकै प्रभावले आज प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली भई एकरदुई ठाउँमा पानी पर्ने संभावना रहेको मौसमविद् राजु प्रधानाङ्गले बताउनुभयो ।उहाँका अनुसार अरु ठाउँको मौसम भने सामान्यतया सफा नै रहनेछ । यस्तै राति पनि प्रदेश १ का एकरदुई ठाउँमा हल्का पानी पर्ने सम्भावना छ । आजको तुलनामा भोलि र पर्सि अलि धेरै पानी पर्ने मौसमविद् प्रधानाङ्गले पूर्वानुमान गर्नुभएको छ । तर ठूलो वर्षा र झरीको संभावना भने नरहेको उहाँको भनाइ छ ।

प्रकाशित : २९ आश्विन २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६