काठमाडौँ २९ असोज । नवनियुक्त सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठ र सूचना, सञ्चार तथा प्रविधि मन्त्री पार्वत गुरुङले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै मन्त्री श्रेष्ठले परिणाम देखिने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । पत्रकारहरुसँग कुरा गर्दै मन्त्री श्रेष्ठले ठोस परिणाम देखिने गरी आफुले काम गर्ने प्रतिवद्धता जनाएका हुन् । प्रतिकुलतासँग झस्केर बर्वाद भयो भनेर कहिले पनि निराश नबन्ने उल्लेख गर्दै उनले प्रतिकुलताभित्र अनुकुलता सिर्जना गरिने कामको परिणाममा आफूले विश्वास गर्ने बताए ।
सञ्चार तथा प्रविधि मन्त्री गुरुङले पदभार ग्रहण गर्दै सञ्चार क्षेत्रलाई मर्यादित, व्यवस्थित र गरिमा बढाउन लागिपर्ने बताएका छन् । उनले पत्रकारिता क्षेत्रलाई प्रभावकारी बनाउन र सञ्चार क्षेत्रमा ब्याप्त रहेको नकारात्मक परिपाटीलार्ए अन्त्य गर्दै सकारात्मक परिपाटीको सुरुवात गर्न लागिपर्ने बताए ।कर्मचारीबाट गलत ढंगबाट सूचना दिने र सल्लाह दिने कार्य गरिएमा त्यो स्वीकार्य नहुने बताउँदै गलत मनसाय राखेर सूचना तथा सल्लाह दिनेलाई पहिचान गरेर अघि बढिने बताए । उनले भने, अब कुनै पनि मन्त्रालयले सूचना लुकाएर बस्नु हुँदैन । पत्रकारको काम पत्रकारले गर्नुहोला तर वानडोर सिस्टमबाट सूचना लैजानुपर्छ ।
प्रतिक्रिया