जीवनशैली

प्रदेश प्रहरीको नतिजा : लुम्विनीका १२ जिल्लामा कपिलवस्तु तेश्रो



कपिलवस्तु २९ असोज । लुम्बिनी प्रदेशका सबै जिल्लामा ५२० जना फरार कसूरदार पक्राउ परेका छन्।तीमध्ये ३१५ जनालाई बाँके प्रहरीले पक्राउ गरेका लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजकुमार बैदवारले जानकारी दिनु भयो । फैसला कार्यान्वयनमा जिल्ला प्रहरी कार्यालय बर्दिया दोस्रो भएको छ। बर्दिया प्रहरीले ३९ जना फरार कसूरदारलाई पक्राउ गरी कारागार पठाएको छ।

    कपिलबस्तु प्रहरीले ३२, नवलपरासी प्रहरीले २७ र दाङ प्रहरीले २४ जना फरार कसूरदारलाई पक्राउ गरी कैद भुक्तानका लागि कारागार पठाएको छ। यस्तै, पाल्पा प्रहरीले २२, रुकुम पूर्वले १८, अर्घाखाँचीले १३, गुल्मी र रोल्पा प्रहरीले १०/१०, प्यूठानले सात र रुपन्देहीले तीनजना फरार कसूरदारलाई पक्राउ गरी अदालतमा बुझाएकोछ। 

    त्यसो त कपिलवस्तु प्रहरीले पछिल्ला केहि महिनामा धेरै अपराधका घटनामा संलग्नहरु पक्राउ गरेको छ। ती मध्ये कतिपय फरार कसुरदार हुन् भने कतिपय अहिले सम्म कपिलवस्तुमा त्यस्तो अपराध पनि हुने रहेछ भनेर पहिचान नभएका अभियुक्तहरु पक्राउ परेका छन् । सुन तस्करीमा संलग्न ,  भारतवाट काठ तस्करीमा संलग्न, राँगा तस्करीमा संलग्न यस बीचमा पक्राउ परेका छन् । यस्ता कारोवार कपिलवस्तुमा हुदा रहेछन् भन्ने खुलेको छ । 

    प्रहरी उपरिक्षक नवराज अधिकारीले कपिलवस्तुको नेतृत्व गरेपछि अनियमितताका धेरै घटनाहरुमा प्रहरीले प्रभावकारी रुपमा हस्तक्षेप गर्न सफल भएको छ । पहिले पहिले लाइन मिलाएर कारोवार गर्नेहरुका बर्षाैं पुराना पेशाहरु यतिबेला भाताभुङग भएका छन् । प्रहरीको इमान्दारीताले तस्करीको जालो यसरी  ध्वस्त हुन सक्दो रहेछ भन्ने गतिलो उदाहरण यतिबेला कपिलवस्तुले प्रस्तुत गरेको नागरिक समाज कपिलवस्तुका अध्यक्ष दोलख वहादुर पछाईको भनाइछ ।  

प्रकाशित : २९ आश्विन २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६