रुकुमपूर्व ३ कार्तिक ।लुम्बिनी प्रदेशका भूमी व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले भेडा स्रोत केन्द्र बनाउने स्थानको स्थलगत अनुगमन गर्नुभएको छ । भेडा स्रोत केन्द्रको लागि छनोट गरिएको रुकुम पूर्ब जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिका वडा नम्बर ११ मा रहेको उपल्लो सेराको उनले स्थलगत अनुगमन गर्नुभएको हो । अनुगमनपश्चात मन्त्री पौडेलले गाउँपालिका पशुपालनको लागि उपयुक्त ठाउँ भएको बताउनुभएको छ । पशुपालनलाई निर्वाहमुखी नभइ अब व्यावसायिक बनाउनुपर्नेमा उहाको जोड थियो
सो अवसरमा स्थानीयवासीले मन्त्री पौडेल समक्ष विभिन्न माग राखेका छन् । त्यहाँका स्थानीयले केही वर्ष अघिसम्म पशुपालन व्यवसाय गर्दै आएका थिए । अहिले भने सरकारले संरक्षण नगरेकै कारण पशुपालन व्यवसया धरापमा पर्दै गएको उनीहरुले गुनासो गरेका छन् । पशुवस्तुलाई विभिन्न रोग लाग्दा बेलैमा उपचार र प्राविधिक नपाउँदा पनि आफूहरु समस्यामा परेको उनीहरुले बताएका छन् ।
यता बाख्रापालन व्यवसाय फस्टाएका कारण यो वर्ष दसैंका लागि स्थानीय खसीबोकाले नै बजार माग पूरा हुने भएको छ । लुम्बिनी प्रदेशका पाल्पा, गुल्मी र अर्घाखाँचीमा पर्याप्त खसी उत्पादन भएपछि बजारमा स्वदेशी खसीबोकाकै मासु बिक्री भइरहेको छ । दसंका लागि भारतबाट खसी ल्याउन नपर्ने अवस्था आएको छ ।
पाल्पा, अर्घाखाँची र गुल्मीमा व्यावसायिक बाख्रापालनमा आकर्षण बढेपछि खसीबोकामा परनिर्भरता कम हँुदै गएको व्यापारी बताउँछन । भारतबाट आयात हुने खसीबोकाको खपत निकै कम भएको छ । यी जिल्लाबाट काठमाडौं, पोखरामा पनि खसीबोका पठाउन थालिएको छ । भारतीयभन्दा नेपाली खसी स्वास्थ्यका लागि पनि राम्रो र खान पनि स्वादिलो हुने भएकाले उपभोक्ताको पनि रोजाइमा पर्ने गरेको छ ।व्यावसायिक रूपमा बाख्रापालन गरेका किसानलाई खर्च जुटाउनसमेत सहज भएको छ ।
पाल्पाका महिलाले खसीबोका बेचेर लाखौं कमाएका छन । खसीबोकाबाट प्रशस्त आम्दानी भएपछि पाल्पाका महिला उद्यमी व्यावसायिक बाख्रापालनमा जुटेका छन्। पाल्पाली महिला उद्यमीले दसंका लागि मात्रै ५३ सय खसीबोका बिक्री गर्न तयार पारेका छन ।
प्रतिक्रिया