ब्रेकिंग न्युज

नेकपा फुटको संघारमा,नेताहरु आज आन्तरिक छलफलमा जुटे



काठमाडौं १७ कार्तिक । फुटको संघारमा पुगेको भनिएको सत्तारुढ नेकपाका नेताहरु आज आन्तरिक छलफलमा जुटेका छन् । शीर्ष नेताले आफु निकटसँग द्धिपक्षीय र बहुपक्षीय छलफल गरिरहेका छन् । मध्यमार्गी नेताहरु पार्टीलाई फुटबाट जोगाउन दौडधुप गरिरहेका छन् ।प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफू निकटका नेतासँग बालुवाटारमा छलफल गरिरहनुभएको छ ।यता अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले पनि आन्तरिक छलफल गरिरहेको छ ।

  पछिल्लो समय ओलीसँग नझुक्ने नीति अतिख्यार गरेको प्रचण्ड पक्षले अबको दुईदेखि ३ दिनभित्रमा पार्टी विभाजन हुने कि आफ्ना कमीकमजोरीलाई सुधार गरेर जाने स्पष्ट हुने बताएको छ ।११ दिनपछि शनिबार ओली र प्रचण्डबीच भएको तिक्ततापूर्ण संवादपछि नेकपा गम्भीर मोडमा आइपुगेको छ । महासचिव विष्णु पौडेल र नेता रामबहादुर थापा बादलले पार्टी फुटन नदिन दुबै पक्षका नेतालाई भेटेर मनाउने प्रयास गरिरहनु भएको छ ।अध्यक्ष ओलीले सधै झगडा गर्नुभन्दा सहमतिमै अलग हुन प्रस्ताव राखेपछि नेकपा विवादले नयाँ मोड लिएको छ । दुबै पक्षले राजधानी बाहिर रहेका नेताहरुलाई काठमाडौं बोलाएका छन् ।

प्रकाशित : १७ कार्तिक २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६