ब्रेकिंग न्युज

काठमाण्डौ उपत्यकामा हुस्सु,पहाडी क्षेत्रका केही ठाउँमा हल्का वर्षा



काठमाण्डौ १८ कार्तिम । अहिले काठमाण्डौ उपत्यकामा हुस्सु लागेको छ । जाडो महिना सुरु हुन थालेकाले अब हुस्सु लाग्ने मौसमविद्ले बताएका छन् । पश्चिमी वायुसँगै स्थानिय वायुको प्रभावका कारण आज उपत्यकामा हुस्सु लागेको मौसमविद् मन्जु बासीले बताउनुभयो । यसअघि उपत्यकामा हुस्सु लागेको थिएन । पश्चिमी वायुकै प्रभावका कारण अहिले पश्चिम पहाडी क्षेत्रका केही ठाउँमा हल्का वर्षा भइरहेको पनि उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशसहित धेरैजसो पहाडी क्षेत्र र प्रदेश २ र लुम्बिनी प्रदेशमा मौसम आंशिक बदली भएको छ ।आज काठमाण्डौको न्यूनतम तापक्रम १३ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ । आज अधिकतम तापक्रम २६.२७ डिग्री सेल्सियससम्म पुने अनुमान गरिएको छ ।

प्रकाशित : १८ कार्तिक २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६