ब्रेकिंग न्युज

अर्घाखाँचीमा शव गाडेको ५ महिनापछि उत्खनन् गरि परम्परा अनुसार दाहसंस्कार



अर्घाखाँची १८ कार्तिक । अर्घाखाँचीमा कोरोना सङ्क्रमितको शव गाडेको ५ महिनापछि  उत्खनन् गरेर हिन्दु परम्परा अनुसार दाहसंस्कार गरिएको छ । मालारानी गाउँपालिका वडा नं ४ खनका ५७ वर्षीय यमप्रसाद खनालको गएको जेठ २८ गते बुटवलमा उपचार गरेर फर्कने क्रममा बाटो मै ज्यान गएको थियो । स्वाब परीक्षण गर्दा उहाँमा कोरोना पोजेटिभ देखिएको थियो । कोरोना पोजेटिभ देखिएपछि शव कसरी व्यवस्थापन गर्ने विषयमा विवाद हुँदा शवलाई २ दिनसम्म खुल्ला चौरमा राख्न परिवारका सदस्य बाध्य भएका थिए ।परिवारले चाहेको ठाउँमा शव व्यवस्थापन र परम्परा अनुसार काजकिरिया गर्न पाएका थिएनन् । अहिले ५ महिनामा शवलाई उत्खनन् गरेर हिन्दु परम्पराअनुसार शवको अन्त्येष्टि गरिएको आफन्त प्रकाश खनालले बताउनुभयो ।

प्रकाशित : १८ कार्तिक २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६