काठमाडौं १९ कात्तिक। नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले परराष्ट्र सचिव भरतराज पौड्यालसँग भेटघाट गरेका छन् ।भारतीय प्रधान सेनापति काठमाडौं आउनु भन्दा केही घन्टा अगाडि वुधबार विहान उनीहरुबीच भेट भएको हो ।भेटवार्ताको बारेमा क्वात्राले नेपाली भाषामै ट्विट मार्फत भनेका छन, ‘परराष्ट्र सचिव भरतराज पौड्यालजीसँग न्यानो भेट भयो । हामीबिच भारत–नेपाल सहकार्यमा भइरहेको ठोस प्रगतीबारे सकारात्मक छलफल भयो ।’परराष्ट्र मन्त्रालयको सचिव बनेकोमा पौड्याललाई राजदूत क्वात्राले बधाईसमेत दिएका थिए ।गत २२ असोजमा बसेको मन्त्रिपरिषद बैठकले पौड्याललाई परराष्ट्र मन्त्रालयको सचिवमा नियुक्त गरेको थियो ।
१९ कार्तिक २०७७, बुधबार
प्रतिक्रिया