स्वास्थ्य

९ हजार ४५७ थान व्यक्तिगत सुरक्षा सामग्री पीपीई हस्तान्तरण



काठमाण्डौ १९ कार्तिक । कोरोना सङ्क्रमितको पहिचान र उपचारमा खटिने स्वास्थ्यकर्मीहरुका लागि एक्सनएड नेपालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ९ हजार ४५७ थान व्यक्तिगत सुरक्षा सामग्री पीपीई हस्तान्तरण गरेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई एक्सनएड नेपालकी कार्यकारी निर्देशक सुजिता माथेमाले १ करोड ६२ लाख ४३ हजार ३ सय ४३ रुपैयाँ बराबरको सामग्री हस्तान्तरण गर्नु भएको हो । हस्तान्तरण कार्यक्रममास्वास्थ्य सचिव लक्ष्मण अर्यालले कोरोना सङ्क्रमणको दर बढिरहेको बेलामा प्रदान गरिएको सामग्रीले कोरोना संक्रमित पहिचान तथा उपचारमा खटिने स्वास्थ्यकर्मीलाई संक्रमणबाट जोगाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

यी सामग्रीहरुलाई मन्त्रालयले आवश्यकता भएका ठाउँमा पठाउने पनि वहाँले बताउनुभयो । समाज कल्याण परिषदका उपाध्यक्ष डा.पदमप्रसाद खतिवडाले हस्तान्तरण भएका सामग्रीले कोभिडविरुद्ध लड्न सहयोग पुग्ने बताउनुभयो । एक्सनएड नेपालकी कार्यकारी निर्देशक सुजिता माथेमाले व्यक्तिगत सुरक्षा सामग्रीले स्वास्थयकर्मीहरुलाई सुरक्षित रुपमा सेवा दिनका लागि सहयोग पुग्ने बताउनुभयो ।सुरक्षा सामग्रीको अभावमा स्वास्थ्य सेवा प्रभावित नहोस भन्ने उद्देश्यले हामीले यो सहयोग गरेका हौं । समुदाय तथा राष्ट्रमा परेको विपतलाई दृष्टिगत गरी कोभिड १९ का संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई उपलब्ध गराउने व्यक्तिगत सुरक्षा तथा उपकरण सहयोगले केही भने पनि राज्यको कार्यक्रममा सहयोग पुग्नेछ’, माथेमाले भन्नुभयो ।

एक्सनएड नेपालले विश्वभर फैलिएको कोभिड १९ महामारी तथा यसको असरबाट बचाउन विभिन्न कार्यक्रम गर्दै आएको छ । यसले हाल एचबीसी, डीएफआईडी,युनिलिभर र स्टाण्डर्ड चार्टड बैंकसँगको सहकार्यमा काठमाण्डौ उपत्यका, बर्दिया डोटी, बाजुरा, सिरहा र अरु जिल्लाहरुमा कोभिड १९ सङ्क्रमितको पहिचान र उपचारमा खटिने स्वास्थ्यकर्मीहरुको लागि ५ हजार ४५७ थान सामग्री वितरण हुनेछ भने मन्त्रालयमा हस्तान्तरण भएका सामग्रीमध्ये ४ हजार थान सामग्री आवश्यकता भएका अरु जिल्लाहरुमा जानेछ । जिल्लाहरुका लागि छुट्याईएका सामग्रीहरु पालिकाहरुमार्फत वितरण हुनेछ ।

प्रकाशित : १९ कार्तिक २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६