शिक्षा

मौरीघाट : लुम्विनी प्रदेश राजधानीको प्राइम लोकेशन



रुपन्देही १९ कार्तिक । लुम्बिनी प्रदेश सरकारले आफ्नो प्रमुख प्रशासनिक केन्द्र राप्ती गाउँपालिका मौरीघाटस्थित राप्ती प्राविधिक शिक्षालयलाई केन्द्र मानेर बनाउने तयारी गरेको छ । त्यसको सुरुवात स्वरुप बुधबार मुख्यमन्त्री कार्यालयमा राप्ती गाउँपालिका, राप्ती प्राविधिक शिक्षालय र गढवा गाउँपालिकाका प्रमुख लगायतसँग छलफल भएको छ ।

  छलफलमा राप्ती प्राविधिक शिक्षालयले ओगटेको १६ बिघा क्षेत्रफल प्रदेश राजधानीका लागि ‘प्राइम लोकेसन’ भएको ठहर प्रदेश सरकारले गरेको छ । त्यही क्षेत्रमा स्थायी संरचना बनाउनका लागि शिक्षालयलाई अन्यत्र स्थानान्तरण गर्न प्रक्रिया अघि बढाउनेबारे छलफल भएको सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले बताउनुभयो ।

    प्राविधिक शिक्षालयका प्रतिनिधि र त्यहाँका पालिका प्रमुखहरुले आफूहरु प्रदेश सरकारलाई शिक्षालयको संरचना र जग्गा दिन तयार रहेको प्रतिवद्धता जनाएको राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले बताउनुभएको छ ।छलफलमा राप्ती प्राविधिक शिक्षालयलाई सरस्वती उच्च माविको गोबरडिहास्थित जग्गामा सार्न सकिने विकल्प दिइएको थियो । सरकारका प्रवक्ता चौधरीले प्राविधिक शिक्षालय सार्न समय लाग्ने भएकाले हिउँदे अधिवेशन मात्र हैन वर्षे अधिवेशन पनि बुटवलमै बस्ने दावी गर्नुभयो ।

    स्थायी संरचना बनाएर अस्थायी मुकाम बुटवलबाट प्रदेश सभा र मन्त्रालय दाङ लैजाने मुख्यमन्त्री शंकर पोखरेलले बताउने गरेपनि प्रदेश सरकार अस्थायी संरचनामा नै हतार–हतार प्रदेश सभा र राजधानी सार्ने तयारीमा जुटेको भन्दै सत्तारुढ नेकपाकै सांसदहरुले आलोचना गरेका छन् ।झण्डै तीन वर्षसम्म बुटवलका अस्थायी संरचनामा ३० करोड रुपैयाँभन्दा बढी खर्च गरेको प्रदेश सरकार स्थायी संरचना नबनाई फेरि करोडौं रकम अस्थायी संरचनामै खर्च गर्न हतारो गरेको भन्दै विरोध भएको छ ।

प्रकाशित : १९ कार्तिक २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६