ब्रेकिंग न्युज

बुद्धको गृहनगरी जाने कालोपत्रे एक हप्तामै उक्कियो ।



कपिलवस्तु कार्तिक २२

राजमार्ग
देखी गौतमबुद्धको गृहनगरी तिलौराकोट दरवार जोडने सडक कालोपत्रे भएको एक
हप्तामै उक्किंन सुरु भएको छ । निमार्ण कार्यमा कमजोरी गरे पछि कपिलवस्तु
नगरपालिकाको वडा नम्वर ६ तिलौरामा सडकको कालोपत्रे चपरा जस्तै गरी उक्किएको
छ । उक्त स्दशै पछि ८०० मिटरमा कालोपत्रे गरिएको भाग गुणस्तरहिन भएको
स्थानीयहरु बताउँछन् । उक्किंएको भागमा हेर्ने हो भने माटो माथी नै
कालोपत्रे भएको देखिन्छ । सब वेस , बेस र कालोपत्रे साना बाल बालिकाले समेत
सजिलै उक्काउन सक्छन ।
उक्त सडक पर्यटकीय संभावना रहेको जगदिसपुर ताल
हुदै तिलौराकोट सम्म पुग्छ । राजमार्ग देखी जगदिसपुर सम्म यस अगाडी पिच
भइसकेको छ । बाकी रहेको करिव ७.५ किमीमा सडक र नाला निमार्ण कार्य भई रहेको
छ । हाल कपिलवस्तु नगरपालिका ६ मा बाबाकुटीबाट तिलौरी सम्मको सडक कालो
पत्रे गरीएको थियो । प्रेसपाटि स वेस राखे पछि राम्रो संग रोलिंग नगरी ठेकेदारले
कालोपत्रे गरेको स्थानीय बेदनाथ आचार्यले बताउनु भयो । साना साना बालक
खेल्दै गर्दा कालोपत्रै उक्किए पछि स्थानीयले सडकमा निमार्ण कम्पनीले
वदमासी गरेको आरोप लगाएका छन् । माटो वढी भएको बेस हालेका कारण कालोपत्रे
राम्रो संग नबसेको स्थानियले दावी गरे । कालोपत्रे उप्कीएको बेसमा माटोको
मात्रा वढी भएको देखिन्छ । 
सडक निमार्ण सन्तोषी निमार्ण सेवाका
कर्मचारी बिशाल पन्थीले अस्फाल्ट प्रविधीबाट पहिलो पटक सडक कालोपत्रे गरेको
हुनाले बिग्रीएको हुन सक्ने बताउनु भयो । बिग्रीएको भागहरु एक वर्ष सम्म
मर्मत गर्ने जिम्मा आफ्नो रहेकोले तत्काल मर्मत गरीने बताए । शहरी विकास
कार्यालय, संघिय आयोजना कार्यान्वयन ईकाईका इन्जीनियर राजु यादवले निमार्ण
कम्पनीले गलत गरेको स्विकानु भयो । ठेकेदार कम्पनीलाई रोक लगाउदा पनी
जवरजस्ती कालोपत्रे गरेको थियो । बिग्रीएको सडक ठेकेदार पक्षले पुन निमार्ण
गर्ने यादवले बताउनु भयो । 

प्रकाशित : २२ कार्तिक २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६