ब्रेकिंग न्युज

पुर्वसांसद लामाको निधन



 काठमाडौं २३ कात्तिक। नख्खु जेल ‘ब्रेकर’को रुपमा पनि चिनिने पूर्वसांसद एवम् तत्कालीन नेकपा एमालेका केन्द्रीय सदस्य वीरबहादुर लामाको निधन भएको छ ।मिर्गौलाको रोगबाट पीडित लामा ललितपुरको पाटन अस्पतालमा उपचाररत थिए । उनको आइतबार बिहान ४ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।निमोनियासमेत देखिएपछि उनलाई गत सोमबार पाटन अस्पतालमा भर्ना गरिएको थियो । कोरोना संक्रमणको शंका लागेर चार पटकसम्म पीसीआर परीक्षण गर्दा पनि रिपोर्ट नेगेटिभ आएको पारिवारिक स्रोतले जनाएको छ ।२०३३ सालमा लामासहित सीपी मैनाली, प्रदीप नेपाल, गोपाल शाक्य, घनेन्द्र बस्नेत, धर्म घिमिरेलगायतका १५ जना नख्खु जेलबाट सुरुङ खनेर भागेका थिए । लामा २०५६ सालमा मकवानपुर क्षेत्र नं। ३ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।

प्रकाशित : २३ कार्तिक २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६