ब्रेकिंग न्युज

नेकपाको शिर्षतह आफै सवार डुंगामा प्वालपार्न उद्धत :पोखरेल



रुपन्देही  २४ कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवम नेकपाका स्थायी कमिटी सदस्य शंकर पोखरेलले नेकपाका शिर्ष नेताहरु आफै सवार डुंगामा प्वाल पार्न उद्धत रहेको भन्दै यसवाट सबै डुब्ने वताउनु भएको छ । पोखरेलले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा देखिएको विवादका खेलले कसैलाई जित्न नदिने बताउनु भएको छ ।

    सामाजिक मिडिया मार्फत उहाले नेताहरुले एउटै डुंगामा छौँ भन्ने हेक्का राखेर एक अर्काको संवेदनशीलता ख्याल गर्नुपर्ने भनाइ राख्नु भएको हो  पोखरेलले एकता महाधिवेशनमा प्रवेश नहुँदै बाहिरबाट जित्ने कोशिस भएको भन्दै यो खेल एकताविरुद्ध हुने बताउनु भएको हो ।  उहाले सचिवालयका नेतालाई विवाद र कटुता बिर्सिएर एकताको बाटोतर्फ फर्किनसमेत सुझाव दिनु भएको छ  ।

    मुख्यमन्त्री पोखरेलले सबैले अनुशासित पार्टी चाहेको र सचिवालयको कर्तव्य स्थायी समितिको निर्णय कार्यान्वयन गर्नु रहेको प्रष्ट पार्नु भएको छ। उहाले सचिवालयका सबै सदस्यलाई इमान्दारिताका साथ एकता महाधिवेशनको तयारीमा जुट्न आग्रह गर्नु भएको हो । 

प्रकाशित : २४ कार्तिक २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६