कपिलवस्तु २४ कार्तिक । कपिलवस्तुको शिवराज नगरपालिकाको कार्यालयबाट प्राप्त सेवा आजबाट ४ दिन बन्द भएको छ । नगरपालीकाका ६ जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण बन्द गरिएको हो ।आजदेखि देखि २८ गते मात्र नगरपालिकाका र मातहतका वडा कार्यालयहरुको नगरका सेवा बन्द हुने नगर प्रमुख नेत्रराज अधिकारीले जानकारी दिनुभयो । यस्तै नगरपालिकमा भइरहेको प्रत्यक्ष सिकाई सहजीकरणका कार्यक्रमहरु पनि वन्द भएको सूचनामार्फत जनाइएको छ ।
२४ कार्तिक २०७७, सोमबार
प्रतिक्रिया