बुटवल २४ कार्तिक । रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।बुटवल उपमहानगरपालिका–१७ का ४५ वर्षीय पुरुषको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा मृत्यु भएको हो ।कात्तिक २२ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना हुुनु भएको थियो । उहाँको उपचारका क्रममा सोमबार बिहान ६ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले पुष्टि गर्नु भयो ।उहाँ मिर्गौला र कलेजोका दीर्घरोगी रहेको डा. गौतमले जानकारी दिनु भयो ।प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार रुपन्देहीमा मृतक कोरोना संक्रमितको संख्या ८४ र लुम्बिनी प्रदेशमा १९८ पुगेको छ ।
२४ कार्तिक २०७७, सोमबार
प्रतिक्रिया