ब्रेकिंग न्युज

प्रचण्डसहित ५ नेता सम्मिलित सचिवालयको अनौपचारिक बैठक पार्टी कार्यालय धुम्बाराहीमा सुरु



काठमाडौँ २५ कार्तिक ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष प्रचण्डसहितका ५ नेता सम्मिलित सचिवालयको अनौपचारिक बैठक पार्टी कार्यालय धुम्बाराहीमा सुरु भएको छ । यसअघिको बैठकले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीलाई तत्काल बैठक बोलाउन आग्रह गर्दै पत्र बुझाएपनि ओलीले बैठक नबोलाएपछि अब कसरी अघि बढ्ने भन्नेबारे छलफल गर्न सचिवालयका ५ नेताको बैठक पुनः बसेको हो ।बैठकमा प्रचण्डसहित सचिवालय सदस्यहरु माधव कुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठ सहभागी छन् । बैठकअघि प्रचण्ड ओलीलाई भेट्न बालुवाटार पुगेका थिए । 

प्रकाशित : २५ कार्तिक २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६