स्वास्थ्य

ब्राजिलमा चिनियाँ कम्पनीले विकास गरेको कोरोना भाइरस विरुद्धको खोपको परीक्षण स्थगित



एजेन्सी । ब्राजिलमा चिनियाँ कम्पनी सिनोभाकले विकास गरेको कोरोना भाइरस विरुद्धको खोपको परीक्षण स्थगित भएको छ ।एकजना स्वयंसेवकको ज्यान गएसँगै परीक्षण स्थगित गरिएको बीबीसीले जनाएको छ । तर त्यो व्यक्तिको ज्यान जानुमा परीक्षणसँग सम्बन्धित थियो या थिएन भन्नेबारे भने खुलाइएको छैन । परीक्षण व्यवस्थापन गरिरहेको संस्थाका प्रमुख डिमास कोभासले भने खोपका कारण प्रतिकूल प्रतिक्रिया देखा नपरेको बताउनुभएको छ ।चिनियाँ कम्पनी सिनोभाकले विकास गरिरहेको खोप विश्वव्यापी रूपमा अन्तिम चरणको परीक्षण भइरहेका केही खोपमध्ये एक हो । सिनोभाकले भने आफूहरू खोप सुरक्षित रहेको विषयमा आश्वस्त रहेको दाबी गरेको छ ।

 कम्पनीले आपत्कालीन कार्यक्रम अन्तर्गत चीनमा हजारौँ मानिसहरूलाई यो खोप दिइसकेको छ ।खोपको अन्तिम चरणको परीक्षण इन्डोनेसिया र टर्कीमा पनि भइरहेको छ । इन्डोनेसियाको सरकारी बायो फार्मा कम्पनीले सिनोभाकको खोपको परीक्षण सहज रूपमा अघि बढेको समाचार संस्था रोयटर्सले जनाएको छ । परीक्षण एउटा मृत्युको घटनालाई जोडेर स्थगित गरिएको तर त्यो मृत्यु खोपसँग सम्बन्धित नभएको परीक्षण गरिरहेको संस्थाका प्रमुख कोभासले बताउनुभएको छ ।

प्रकाशित : २६ कार्तिक २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६