सूचना र प्रविधि

धानको खरिद मूल्यवारे सहायक प्रजिअको अनुगमनवाट के फेला परयो ?



चन्द्रौटा२६ कार्तिक धानको सरकारी समर्थन मूल्यमा व्यापारीले खरिद नगरेको भन्दै जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले अनुगमन गरेको छ । जिल्लाका विभिन्न गल्ला भण्डारहरुले तोकिएको मूल्य भन्दा कम मुल्यमा धान खरिद गरेको निवदेन परेपछि अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारीले  गणेश नेपालीले बताउनुभयो । उहाले अनुगमन पछि व्यापारीहरुले धानको कम मुल्य दिनुका साथै पल्लोभारी,विविध खर्च तथा तौल गर्दाको ज्याला भनेर समेत थप मुल्य जोडने गरेको नेपालीले जनाउनुभयो ।


        समस्या कहाँ छ कसले यस्तो गरेको छ भन्ने फेला परेको छ कारवाही के गर्ने भन्ने सल्लाह हुन्छ उहाले भन्नु भयो ।  सरकारले धानको मूल्य तोक्दा कृषकमा देखिएको उत्साह  भएको भएपनि  धान बेच्नेबेला कृषकहरु मर्कामा परेको किसान संघ कपिलवस्तुका अध्यक्ष अनुप कुमार चौधरीले बताउनुभयो । सरकारले मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ७ सय ३५ रुपैयाँ तोकेको छ भने मसिनो जातको धानको २ हजार ८ सय ८५ तोकेको छ । तर प्रतिक्विन्टल १ हजार ८ सयमै बिक्री गर्नुपर्ने बाध्यता यहाँका किसानलाई रहेको चौधरीले बताउनुभयो ।

    सरकारले तोकेको उक्त मूल्यमा खरिद गर्ने केन्द्र पनि कपिलवस्तुमा छैन । मल बेच्न गठन भएका कृषि सहकारीसमेत धान खरिदका लागि तयार नभएपछि जिल्लाका किसान थप मारमा परेका हुन । कृषकबाट समर्थन मूल्यमा धान खरिद गर्ने सहकारीलाई प्रतिक्विन्टल १ सय १२ रुपैयाँ अनुदान दिने नीति भए पनि कपिलवस्तुका सहकारीले चासो दिएका छैनन । कृषकहरूको गुनासो आउन लागेपछि प्रशासनले व्यापारीहरुलाई समर्थन मूल्यमा खरिदका लागि निर्देशन दिएको छ ।

प्रकाशित : २६ कार्तिक २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६