काठमाण्डौ २७ कार्तिक । रुसले नागोर्नो काराबाख क्षेत्रमा शान्ति सेना पठाएको छ ।अर्मेनिया र अजरबैजान बीच हप्तौँसम्म चलेको युद्धपछि गएको सोमबार अर्मेनिया, अजरबैजान र रुसबीच सहमति भएको थियो । सहमतिअनुसार नागोर्नो काराबाख क्षेत्रमा शान्ति सेना पठाएको रुसले दाबी गरेको बीबीसीले जनाएको छ । लामो समयदेखि भइरहेको सङ्घर्ष रोक्न रुस, अर्मेनिया र अजरबैजान बीच गएको सोमबार सहमति भएको थियो ।अजरबैजान र अर्मेनियाबिच ६ हप्तादेखि चलेको युद्धपछि सहमति भएको हो ।
रुसको मध्यस्थतामा अर्मेनिया र अजरबैजानबीच विवादित भूभाग नागोर्नो काराबाखमा चलिरहेको सैन्य संघर्ष अन्त्य गर्नेबारे सम्झौता भएको हो ।मंगलबार बिहानेदेखि सम्झौता लागू भएको छ । नागोर्नो काराबाख क्षेत्रलाई लिएर लामो समयदेखि दुई देशबिच विवाद छ । विवादित यो भूमि अन्तर्राष्ट्रिय रूपमा अजरबैजानको मानिन्छ ।
सोभियत संघ अस्तित्वमा आएपछि नागोर्नो काराबाख क्षेत्र अजरबैजानभित्रै एक स्वायत्त क्षेत्रका रुपमा रहेको थियो । तर त्यो क्षेत्र सन् १९९४ देखि अर्मेनियाको जातीय समूहको पकडमा छ । अहिले केही क्षेत्र अजरबैजानको पकडमा छ । सम्झौता अनुसार अजरबैजानले संघर्षका क्रममा कब्जामा लिएको नागोर्नो काराबाखका केही क्षेत्र आफूले नै राख्ने भएको छ । आगामी केही हप्तासम्ममा अर्मेनिया त्यस क्षेत्रका केही भागबाटपछि हट्ने भएको छ
प्रतिक्रिया