ब्रेकिंग न्युज

बैतडी बस दुर्घटना : ज्यान गुमाएका ९ जनामध्ये चार जनाको परिचय खुल्यो



बैतडी २८ कार्तिक । बैतडीको खोड्पेमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ९ जनामध्ये चार जनाको परिचय खुलेको छ ।पाटन नगरपालिका-८ खोड्पेमा भएको बस दुर्घटनामा बैतडीको दोगडाकेदार-६ का २५ वर्षका प्रहरी जवान रणबहादुर चन्द, दोगडाकेदार-६ कै २७ वर्षका करनसिंह ऐर, दोगडाकेदार गाउँपालिकामा कार्यरत कर्मचारी कविन्द्र जोशी र कञ्चनपुरको भीमदत्त नगरपालिका-८ तिलाचौरका १५ वर्षका कीर्तिका कार्कीको परिचय खुलेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।अरु पाँच जनाको पहिचान हुन सकेको छैन । उनीहरुको शव जिल्ला अस्पतालमा राखिएको छ ।  दुर्घटनामा घाइते भएका ३४ जनामध्ये गम्भीर घाइते ७ जनालाई धनगढी रेफर गरिएको छ । बाँकी २७ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।ना ५ ख ५१४१ नम्बरको बस गएराति खोड्पे बजार नजिक दुर्घटना भएको हो ।

प्रकाशित : २८ कार्तिक २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६