सूचना र प्रविधि

नेकपाको सचिवालय बैठक आज बस्दै



काठमाडौं २८ कार्तिक । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दै छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सहमति दिएसँगै महासचिव विष्णु पौडेलले आज अपराह्न बस्ने गरि बैठक बोलाउनु भएको हो । बैठक अपरान्ह ४ बजे बस्ने बताइएको छ ।कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालयका बहुमत सदस्यले बैठकका बोलाउन माग गर्दै आउनु भएको थियो । तर प्रधानमन्त्री ओलीले बहुमतको आडमा आफुलाई पेल्न खोजेको भन्दै सचिवालय बैठक बोलाउन अस्विकार गर्दै आउनु भएको थियो ।

 प्रधानमन्त्री ओलीले बैठक बोलाउन आनाकानी गरेपछि प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठले मंगलबार लिखितपत्र दिएरै बैठकको माग गर्नु भएको थियो ।प्रचण्ड–नेपाल समूहले हिजो बैठक राख्नका लागि सहमति दिन ओलीलाई आग्रह गर्नु भएको थियो । सहमत नभए कार्यकारी अध्यक्षको हैसियतमा आफैले सचिवालय बैठक बोलाउने प्रचण्डले तयारी गर्नु भएको थियो ।

प्रकाशित : २८ कार्तिक २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६