ब्रेकिंग न्युज

आज भाई टीका शुभसाइत थाहा पाउनोस, मापदण्ड अपनाउनोस



कपिलवस्तु १ मंसिर । नेपालीहरुको दोश्रो महान चाड तिहार पर्व अन्तर्गत यमपन्चको सबैभन्दा महत्वपूर्ण दिन  भाईटिका आज परेकोछ  ।तिहारका सन्दर्भमा  कलिवस्तुका वजार तथा गाँउघरमा  टिकाको अधिल्लो दिन  अरु दिन भन्दा वढि चहलपहल देखिएको थियोे । कोरोनाको कहर विच पनि तिहारको रमझमसगै जिल्लाका विभिन्न स्थानका ग्रामिण क्षेत्र देखि शहरवजारहरुमा  भाइटीकाको लागि आवश्यक सामाग्री किनमेल गर्नेहरुको व्यस्तता र भिडभाडले यस वर्षको तिहारको रौनकतालाई वढाएको हो ।

    सोमवार विहान ११ वजे ३७ मिनेटमा टिकाको साईत रहेको पञ्चांग निर्माण समितिले जनाएको छ । लामो समय सम्मको लकडान र कोरोनाका विच पनि आवश्यक सुरक्षा सतरकता विच सहर वजारसम्म चहलपहल वढेको हो । जिल्लाका वजार क्षेत्रमा दशैँको भन्दा बढी नै चहलपहल देखिए पनि कोरोना महामारीका कारण विगत वर्षमा जस्तो भने मानिस बजारमा निस्किएका छैनन् । यद्धपी यस वर्ष प्रशासनले भैलो लगाएतका कार्यक्रम नगर्न निर्देशन गरेपछि गाँउघर र वजारमा अघिल्लो वर्ष जस्तो भैलोको कार्यक्रम गरिएको छैन । तथापी कोरोनाका विच अहिले दिदी वहिनी र दाजुभाई एक आपसमा खुसीयाली साटासाट गरेर र रमाईलो गरेर भोलीको टिकालाई पर्खिरहेका छन् ।

    जिल्लाका विभिन्न भागहरुमा सर्वसाधारण दाजुभाई दिदीवहिनीलाई दिने उपहारका लागि फलफूल, मिठाई, माला र कपडा खरीद गर्नमा आज व्यस्त देखिएका थिए् । चिउरीको पातका टपरी, दुना तथा सयपत्री, मखमली र गोदावरी फूलका माला उन्ने र किन्नेहरुको चहलपहलले शहर र गाउघरमा तिहार चाडको रौनक थपेको छ । यस्तै घरघरमा बालिएका रङगीचङगी बिजुलीले अझ रमझम वढाएको छ । कहि कहि पाला, दियो र मैनबत्ती घरघरमा बालेर तिहारलाई उज्यालो चाडका रुपमा अहिले पनि मनाइरहेका छन् ।

    यतातिहारको चहलपहल कपिलवस्तुमात्रा नभई छिमेकि जिल्ला अर्घाखाँची, रुपन्देहि, पाल्पा, गुल्मी, दाड र नवलपरासीमा पनि वढेको हाम्रा सहकर्मिहरुले खवर पठाउनु भएको छ । यस्तै भैलो लगाएतका कार्यक्रममा कोरोनाले गर्दा रोकिएपनि तिहारको अवसरमा मीठामीठा परिकार खाएर मात्र हैन, सामाजिक संजाल लगाएत अन्य मनोरन्जनका साधनहरु प्रयोग गरेपनि पनि चाडपर्वको आनन्द अहिले जिल्लामा लिईरहेका छन् । यता प्रेसपाटीको संचालक सस्था कमन नेपालका अध्यक्ष डम्मर शर्मा , प्रबन्ध निर्देशक लक्ष्मण बेल्वासेले शुभकामना बिज्ञप्ती मार्फत सबैमा तिहारको मंगलमय शुभकामना दिनु भएकोछ ।

    यता नेपालीहरुको चाड तिहार र छठको शुभ अवसरमा कपिलबस्तु सञ्चार सहकारि संस्थाद्धारा संचालीत सामुदायिक रेडियो वुद्धआज र टेलीभजनका संचालक समिति अध्यक्ष विष्णु प्रसाद न्यौपाने, महासचिव सरोज खनाल, व्यवस्थापनक भेषराज पाण्डेले आज एक शुभकामना सन्देश जारी गर्दैै स्रोता, विज्ञापन दाता, शुभेच्छुक तथा स्वदेश विदेशमा रहनुहुने सम्पूर्ण नेपालीमा सु स्वास्थ्य दीर्घायु एवम् उत्तरोत्तर प्रगतीको कामना गर्नु भएको छ । यो पर्वमा सबै नेपालीहरुको आत्मियता, सदाचार र भाइचारा बिकास होस भन्ने कामना गर्दछौ सन्देशमा भनियको छ ।

    साथै कोरोना महामारीका विचमा सवैले समाजिक दुरी कायम गरि स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डलाई पूर्णपालन गर्दै दीपावली पर्व मनाउन आग्रह गर्दछौ जारी शुभकामना सन्देशमा भनिएको छ । पर्वले नेपाली संस्कृतीको संरक्षण, प्रवर्धनमा जोड दिदै सबै जात जाती, भाषा भाषि बीचको एकता, आत्मियता, भाइचारा, सदभाव कायम गर्दै हार्दिकता बढाउन प्रेरणा प्रदान हुने विश्वास प्रकट गर्दछौं भनिएको छ । सन्देशमा पर्वले सबै खाले विकृती र विसंगती हटाउदै सकारात्मक सन्देश प्रभाव हुने अपेक्षा प्रकट गर्दछौं भनिएको छ । 

    यस्तै नेकपा कपिलबस्तुका जिल्ला अध्यक्ष झबिलाल पोख्रेल र जिल्ला सचिव रामचन्द्र शाह(बिष्णु) ले दीपावलीको शुभकामना सन्देश व्यक्त गर्नु भएको छ । एक विज्ञप्ती जारी गरि स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली  दाजुभाइ, दिदीबहिनीमा सु स्वास्थ्य, दीर्घायु एवम् समृद्धिको कामना गर्दै पर्वलाई सकारात्मक सांस्कृतिक मूल्य मान्यतालाई स्थापित गर्दै पर्वका नाममा हुने विकृत पक्षलाई हटाउदै लैजानुपर्नेमा जोड दिनुभएको छ । दीपावली पर्वले सबै जात, जाति, भाषा, संस्कृति र समुदायबीच आपसी सद्भाव र राष्ट्रिय एकता बलियो पार्न थप मद्दत पुग्ने विश्वास व्यक्त गर्दै राजनीतिक स्थिरता, सुशासन र समृद्धिको राजनीतिक यात्रामा सम्पूर्ण नेपालीहरु बीच सहयोग र सहकार्यमा दीपावली पर्वले प्रेरणा प्रदान गर्ने विश्वास गर्दछौं बिज्ञप्तीमा भनिएको छ ।

    जारी विज्ञप्तीमा कोभिड १९ का कारण स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डलाई पूर्णपालन गर्दै दीपावली पर्व मनाउन आग्रह गरिएको छ । विज्ञप्ती मार्फत नेकपाका कार्यकर्ता देउसी भैलो लगाएका कार्यमा सहभागीता नजनाउनु हुन समेत आग्रह गरिएको छ । प्रशासनको निर्णयलाई अक्षरस पालना गरि कार्य गर्न अध्यक्ष पोख्रेल र सचिव शाहद्धारा विज्ञप्तीमा भनीएको हो । नविज्ञप्तीमा चाड पर्वका नाममा हुने जुवा, तास जस्ता कार्यलाई निरुत्साहित गर्न र त्यस्ता कार्यमा संलग्न नहुन आग्रह गरिएको नेकपा जिल्ला प्रचार तथा प्रकाशन विभाग प्रमुख लक्ष्मण बेल्बासेले जानकारी दिनु भयो । 

प्रकाशित : १ मंसिर २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६