काठमाण्डौ ३ मंसिर । भारतमा ५० जना बालबालिकालाई यौन उत्पीडन गरेको आरोपमा इञ्जिनियर पक्राउ परेका छन् ।भारत उत्तरप्रदेशमा सिँचाइ विभागका एक जना जुनियर इञ्जिनियरलाई झण्डै ५० जना बालबालिकाको भिडियो र तस्बिर बेचेको आरोपमा पक्राउ गरिएको समाचार एजेसी पीटीआईले जनाएको छ ।केन्द्रीय अन्वेषण ब्यूरो सीबीआईले बालबालिकाको अनलाइन उत्पीडनबारे निगरानी राख्नका लागि बनाएको स्पेहल पूनिटमार्फत् कयौँ दिनसम्म निगरानी गरेर त्यसपछि पक्राउ गरिएको खबरमा उल्लेख छ ।
सीबीआईका अधिकारीका अनुसार जूनियर इञ्जिनियरले गएको १० वर्षको अन्तरमा ५ देखि १६ वर्षका ५० जना बालबालिकाको विभिन्न तरिकाले यौन उत्पीडन गरेको पाइएको छ । यी बालबालिका उत्तर प्रदेशको चित्रकूट, बांदा र हमीरपुर जिल्लाका रहेका छन् । कतिपय बालबालिकालाई घटनाबारे कसैलाई पनि नभन्न भन्दै केही नगद र मोबाइल फोन समेत दिएको पाइएको छ ।पक्राउ परेका इञ्जिनियर चित्रकूट जिल्लाका हुन् । उनको साथबाट आठ लाख रुपैयाँ नगद, मोबाइल फोन, ल्यापटप, वेब क्यामेरा, पेन ड्राइभ, मेमोरीकार्ड लगायतका सामान बरामद गरिएको खबरमा जनाइएको छ
प्रतिक्रिया