कपिलवस्तु मङ्सिर ३ ।
कपिलवस्तु
नगरपालिका ३ तौलिहवामा कोरोना सङ्क्रमित ७० वर्षीय पुरुषको निधन भएको छ ।
बुधवार बिहान १० बजे युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पताल भैरहवामा
उपचारका क्रममा निधन भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । दीर्घ
रोगले ग्रसित मृतक कपिलवस्तुका पुराना कानुन व्यवसायी समेत हुन ।

जिल्ला
स्वास्थ्य कार्यालय कपिलवस्तुका हेल्थ असिस्टेन्ट उमेश घिमिरेका अनुसार ती
पुरुषको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागी मङ्गलवार भैरहवा
पुराइएको थियो । भेन्टिलेटरमा उपचार गर्दा मृत्यु भए पछि मात्र सङ्क्रमण
भएको पुष्टि भएको थियो । यो थप भए सँगै जिल्लामा १७ जना कोरोना सङ्क्रमितको
मृत्यु भएको छ । कपिलवस्तुमा बुधवार सम्म १७८१ जनामा कोरोना सङ्क्रमित
भएका छन् । ८७ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

प्रतिक्रिया